२०८३ असार १२, शुक्रबार

पाँच किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

अवैध रुपमा ल्याउँदै गरेको करिब पाँच किलो सुनसहित एकजना चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार हिमालय एयरको उडानबाट काठमाडौं आएका ३६ वर्षीय झाङ लिलाई ४ हजार ८४० ग्राम सुनसहित शनिबार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराईभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा चारवटा पोकामा भित्री पोशाकभित्र लुकाई ल्याएको उक्त सुनसहित पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्