२०८३ बैशाख २, बुधबार

गीत ‘म त परेँ पूर्वको’ सार्वजनिक

गायकद्वय प्रवीण भेडवाल, वसन्त थापामगर र गायिकाद्वय रचना रिमाल तथा सुशीला पाठकको स्वरमा रहेको ‘म त परेँ पूर्वको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा वसन्त थापामगरको शब्द तथा संगीत छ । समन अधिकारी निर्देशित भिडियोमा स्मारिका र समारिका ढकाल, संयक जुनियर अधिकारी र निर्जन न्यौपानेको अभिनय देख्न सकिन्छ ।

नरेशवीर सिंहको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो रेस्क्यू क्रिएसनले निर्माण गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्