नेपाल विश्वकै सबैभन्दा खुसी देशको सूचीमा ८५ औँ स्थानमा छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले नेपाललाई खुसी देशको सूचीमा दक्षिण एसियामा नै पहिलो स्थानमा राखेको हो ।
सूचीमा नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२ औँ नम्बरमा चीन छ भने युक्रेनमाथि हमला गरिरहेको रुस ७४ औँ स्थानमा छ । रुसी हमलामा परेको युक्रेन १०८ औ स्थानमा छ।नेपालपछि बुल्गेरिया र माल्दिभ्स छ । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छ। श्रीलंका १२६औँ स्थानमा हुँदा भारत १३६औँ स्थानमा परेको छ ।
सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ। अफगानिस्तानपछि लेबनान र जिम्बाबे छ। भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन ।
फिनल्यान्ड लगातार पाँचौँ पटक पहिलो स्थानमा
फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो ।
प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरू जस्ता विभिन्न तत्त्वहरूका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरूलाई क्रमबद्ध गर्दछ ।
सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौँ र छैटौँ स्थानमा छ। स्विडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्यु जिल्यान्ड दशौँ स्थानमा छ । एजेन्सी

Group of happy Nepalese children in Bhaktapur, Kathmandu Valley. Bhaktapur is an ancient Newar town in the east corner of the Kathmandu Valley, Nepal. It is the third largest city in Kathmandu valley and was once the capital of Nepal during the great Malla Kingdom until the second half of the 15th century. Bhaktapur is listed as a World Heritage by UNESCO for its rich culture, temples, and wood, metal and stone artwork.




प्रतिक्रिया लेख्नुहोस्