२०८३ बैशाख १९, शनिबार

चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त

दक्षिण पश्चिम चीनमा एक बोइङ विमान दुर्घटनाग्रस्त भएको रिपोर्ट पाइएको छ । यसमा १३३ यात्री सवार थिए ।

चीनको सरकारी च्यानल सिसिटीभीले दिएको जानकारीका अनुसार हालसम्म हताहतबारे कुनै जानकारी उपलब्ध छैन ।

सिसिटीभीको रिपोर्ट अनुसार ग्वाङ्ग्शी क्षेत्रमा बुझो शहर नजिकै एक ग्रामिण इलाकामा बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्