‘सान्नानी’ टेली सिरियलको ट्रेलर सार्वजनिक भएको छ । निरज नेपालले निर्देशन गरेको नेपाली सिरियल ‘सान्नानी’ को ट्रेलर सार्वजनिक भएको हो ।
सुरेश श्रेष्ठले सम्पादन गरेको उक्त टेली सिरियलमा निर्माता सल्लाहकारका रुपमा जित बहादुर नेपाल, सुमन गिरी ‘भन्जा’, तारा चन्द्र बजगाई रहेका छन् । उक्त टेली सिरियलमा अनुपमा भण्डारी, मुकुन्द मैनाली, उत्तम अर्याल, राजन शिमखडा, धनराम मुस्कान, स्वस्तिका लामिछाने, शिशिर अर्याल, मञ्जिता खनाल, राम कुमार खड्का साने खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।
‘सान्नानी’ टेली सिरियलका सहायक निर्देशन उत्सव पौडेल रहेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्