गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक भएको छ ।
प्रकाश सापकोटाको शब्द तथा पुस्तक प्रसादको संगीतमा रहेको यो गीत रोमान्टिक शैलीमा छ ।शान थापाको निर्देशनमा बनेको भिडियोमा अभिनेता सन्दिप क्षेत्री र लोसिना लामिछानेको अभिनय छ । भिडियोमा दुबै रोमान्टिक मुडमा देखिएका छन् । भिडियोमा बालकलाकार सायरा भट्टराई समेत देखिएकी छन् ।
बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।







प्रतिक्रिया लेख्नुहोस्