२०८३ बैशाख १८, शुक्रबार

घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार १४ अंकको गिरावट आएको छ । आइतबारदेखि नै घट्न थालेको नेप्सेमा आजसहित लगातार तेस्रो दिन गिरावट आएको हो ।

नेप्सेमा आइतबार ४१ अंकको र हिजो सोमबार २९ अंकको गिरावट आएको थियो । लगातार दुई दिनदेखि घट्दै आएको नेप्से आज फेरि १४ अंकले घटेको हो । नेप्सेमा गिरावट आएको दिन आज १ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज होटल र टुरिजम समूह बाहेक सबै समूह घटेका छन् ।

होटल र टुरिजम समूहमा चाहिँ २५ अंकको सुधार आएको छ । यसबाहेक जीवन बीमा समूह २१९ अंकले घटेको छ ।

 

 

प्रतिक्रिया लेख्नुहोस्