धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मा बिहीबार स्कुल बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–१ महेन्द्रनगर बस्ने ३५ वर्षीय मनोज लामिछाने रहेका छन् ।बसको ठक्करबाट गम्भीर घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
जनकपुरबाट लक्ष्मिनियातर्फ जाँदै गरेको प्रदेश २ ०३ ००१ ख ०५३२ नम्बरको बस र बा ८० प ९०९४ नम्बरको मोटसाइकल बिहान ठोक्किएका थिए । दुवै सवारी साधनसहित बस चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्