२०८३ बैशाख २, बुधबार

कहिले रिलिज हुँदैछ ऋचाको ‘कौसीद’?

फिल्म ‘कौसीद’को रिलिज सर्ने भएको छ । जेठ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको रिलिज सार्न लागिएको निर्देशक कुमार भास्करले बताए ।

‘रिलिज समयसम्म फिल्मको काम नसकिने देखिएर रिलिज सार्न लागिएको हो’ निर्देशक भास्करले भने– ‘अब फिल्म मंसिरमा रिलिज हुनसक्छ ।’ नयाँ रिलिज मिति केही समयपछि निर्धारण हुने भास्करले सुनाए । अभिनेत्री ऋचा शर्माको निर्माण रहेको फिल्म नेपालभन्दा पहिले विदेशमा रिलिज हुनेछ । विदेशका ४, ५ देशमा फिल्मको रिलिज फिक्स भएको निर्देशक भास्करले जानकारी दिए ।

केदार भुसालको निर्माण रहेको ‘कौसीद’ मा ऋचाकै मुख्य भूमिका छ । ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भीक भट्टराई, सागर भट्टराई लगायतको अभिनय फिल्ममा देख्न सकिनेछ ।

प्रतिक्रिया लेख्नुहोस्