बलिउड अभिनेत्री कंगना रनौत स्टारर फिल्म ‘धाकड’को आधिकारिक ट्रेलर रिलिज भएको छ । शुक्रबार रिलिज गरिएको एक्सन(थ्रिलर यो फिल्मको ट्रेलरमा कंगनाको भरपुर एक्सन दृश्य देख्न सकिन्छ ।
कंगनाले फिल्ममा जबरजस्त स्टन्ट समेत गरेकी छन् । ट्रेलरमा फिल्मका अर्का मुख्य कलाकार अर्जुन रामपाल र दिव्या दत्तालाई पनि स्थान दिइएको छ । रजनीश राजी घईको निर्देशनमा बनेको यो ‘धाकड’ आगामी मे २० मा रिलिज हुँदैछ । फिल्म हिन्दीका साथै तेलुगू, तमिल र मलायलम भाषामा पनि रिलिज गरिने जनाइएको छ ।
रितेश शाहले लेखेको फिल्मका निर्माता दीपक मुकुट र सोहेल मक्लै हुन् ।







प्रतिक्रिया लेख्नुहोस्