२०८३ असार १४, आइतवार

स्वागतको लागि देउवालाई मोदीको धन्यवाद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधामन्त्री शेरबहादुर देउवालाई धन्यावाद दिएका छन् ।

उनले लुम्बिनी आइपुगेको केही समयपछि सामाजिक सञ्जालट्वीटर मार्फत भनेका छन्, ‘लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु ।’भारतीय प्रधामन्त्री मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा बिहान लुम्बिनी आएका हुन् । बुद्ध जयन्त्रीको अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन उनी लुम्बिनी आएका हुन् ।

लुम्बिनीमा मोदीलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले मायादेवीको मन्दिरमा एकसाथ प्रार्थना गरेका थिए । मोदीको आज ६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्