एनएमबी बैंक लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारण सभा आगामी मंसिर २५ गते आयोजना गर्ने भएको छ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।
त्यस्तै, एनएमबी क्यापिटल लिमिटेड, एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड र एनएमबी सेक्युरिटीज लिमिटेडका आर्थिक वर्ष २०८२र८३ का समेकित प्रतिवेदन प्रस्तुत गरिनेछ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साथै, स्थायी गैरसञ्चित प्राथमिकता सेयरमा ८.२५ प्रतिशत नगद लाभांश वितरण, नगद लाभांश, सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोजर) तथा विविध विषयमा छलफल हुने बैंकले जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्