२०८३ बैशाख ३, बिहिबार

साहित्यकार सुरेन्द्र महर्जन अमरको ३०औं कृति उपन्यास ‘डियर भ्याक्सिन’ सार्वजनिक

साहित्यकार तथा गीतकार सुरेन्द्र महर्जन अमरको ३० औं कृति उपन्यास “डियर भ्याक्सिन” आज एक कार्यक्रम बीच काठमाडौको अनामनगरमा सार्बजनिक भएको छ । श्रस्टा महर्जनले आफ्नो जन्म दिनको शुभ अवसर पारेर सो कृतिको बिमोचन गरेका हुन ।

कार्यक्रममा प्रमुख अतिथी प्रध्यापक तथा साहित्यकार गार्गी शर्माले नेपाली साहित्यमा सुरेन्द्र महर्जनले ३० वटा कृति निकालेर महत्त्वपूर्ण योगदान पुर्याएको बताईन ।

पुस्तक डियर भ्याक्सिनको बिमोचन कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठले शुभकामना मन्तब्य दिएका थिए । शुभकामना दिदै श्रेष्ठले महर्जन एक बहुप्रतिभावान व्याक्ती भएको र उहाका अन्य कृति झै यो उपन्यसपनि सबैले पढ्नै पर्ने कुरामा जोड दिए । यो कृति अडियोमा पनि उपलब्ध भएकाले सजिलै सबैले पढन र सुन्न पाउनेछन ।

कृतिको विषयमा बोल्दै अर्का वक्ता डाक्टर इन्जिनियर दिनेश थानिले महर्जन एक आँसु साहित्यकार रहेको बताएका छन । उनले यो उपन्यास छोटो भएपनि लामा खालका उपन्यासकोे भन्दा धेरै राम्रो रहेको बताए ।

कार्यक्रममा साहित्यकार शंकर भारतीले पछिल्लो समय उपन्यास जो सुकैले लेख्न पनि नसक्ने अवस्था रहेकोमा पुनः केहि साहित्यकारहरुले पछील्लो समय राम्रो लेख्दै आएका छन ती मध्यमा पनि सुरेन्द्र महर्जनको यो कृति महत्वपुर्ण रहेको बताए । उनले महर्जनले हाल करिब ३० वटा कृति निकालिसकेकाले पनि उनको यो कृति पक्कै पनि अन्य कृति भन्दा फरक र सबैले मन पराउने बताए ।

त्यसैगरी कार्यक्रममा सभापतित्वको आसन ग्रहण गरेका ओ. एस नेपालका अध्यक्ष बिबेक कार्कीले सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्