एक बेलायती महिला बलात्कारमा परेकी छिन् । भारत, गोवाको अरम्बोल बीच ९समुन्द्र० मा एक बेलायती महिलालाई उनका पुरुष साथीको अगाडि बलात्कार गरेको घटना बाहिर आएको हो ।
समाचार एजेन्सी पीटीआईले गोवा प्रहरीलाई उद्धृत गर्दै आरोपी एक स्थानीय व्यक्ति भएको भनेको छ । उनले महिलालाई मसाज गराउने बहानामा बलात्कार गरेका हुन् । प्रहरीका अनुसार आरोपी ३२ वर्षीय भिन्सेन्ट डिसुजा उत्तरी गोवाको अरम्बोल बीचमा अवैध रूपमा मानिसहरूलाई मसाज सेवा उपलब्ध गराउने समूहका सदस्य हुन् ।
त्यहाँ पुग्ने विदेशी पर्यटकले मसाजको माग राख्छन् । आरोपितले यसअघि विद्यालयको पुस्तकालयमा पनि काम गरेको प्रहरीले जनाएको छ । परनेम प्रहरीले आरोपीलाई सोमबार पक्राउ गरेको हो ।प्रहरीमा दर्ता गराएको उजुरीमा ती महिलाले आफू आफ्नो केटासाथीसँग अरम्बोल बीच नजिकैको स्विट वाटर लेकमा आराम गरिरहेकी थिइन् ।
त्यही क्रममा अभियुक्तले मसाजको बहाना बनाएर आफूलाई बलात्कार गरेको उनले आरोप लगाएकी हुन् । अधिकारीहरुका अनुसार यो घटना जुन २ मा भएको थियो । महिलाले बेलायतमा रहेको आफ्नो परिवारसँग सम्पर्क गरेर सोमबार प्रहरीमा उजुरी दिएकी हुन् ।
उजुरी परेको एक घन्टाभित्र प्रहरीले आरोपितलाई पक्राउ गरेको हो । सोमबार राति अभियुक्त र पीडित दुवैको स्वास्थ्य परीक्षण गरिएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्