श्रीलंकाको संसदमा बुधवार हुन गइरहेको राष्ट्रपति निर्वाचनमा तीनजना उम्मेदवार उठ्ने भएका छन् ।
कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघे, जनता विमुक्ति पेरामुना पार्टीका अध्यक्ष अनुरा कुमारा दिशानायका र श्रीलंका पोदुजना पेरामुना पार्टीका सांसद दुल्लास अल्लाहपेरुमाले पदका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् ।
श्रीलंकाली संसदमा मंगलवार राष्ट्रपति पदका लागि मनोनयनको आह्वान गरिएको थियो । तीन प्रतिस्पर्धीलाई उनीहरूका दलले प्रस्ताव तथा समर्थन गरेका हुन् ।







प्रतिक्रिया लेख्नुहोस्