२०८३ बैशाख ३, बिहिबार

बलिउड अभिनेत्री विपाशा बासु आमा बन्दै

बलिउड अभिनेत्री विपाशा बासु आमा बन्ने भएकी छन् ।

विपाशा बासु र अभिनेता करणसिंह ग्रोबरले विवाह गरेको ६ वर्ष पछि आमा बुवा बन्न लागेका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार करण र विपाशाले केही समयपछि आफूहरू आमा बुवा बन्न लागेको कुरालाई आधिकारिक रूपमा सार्वजनिक गर्नेछन् ।

सन् २०१५ मा विपाशा र करण फिल्म ‘अलोन’ को सुटिङको क्रममा एक अर्काको प्रेममा परेका थिए । २०१६ को अप्रिल महिनामा उनीहरू विवाह भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्