रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ आगामी असोजमा हुने भएको छ । कर्णाली कलाकार समाजद्वारा आयोजना हुन लागेको अवार्डका लागि आवेदन फारम खुलेको छ ।
अवार्डका लागि विभिन्न विधाका कलाकारले साउन मसान्तभित्र फारम भरिसक्नु पर्नेछ । अवार्ड कार्यक्रम काडमाडौँमा हुनेछ । विभिन्न विधामा योगदान पुर्याउँदै आएका सर्जकको सम्मानका लागि उक्त अवार्ड कार्यक्रम आयोजना गरिएको रारा राष्ट्रिय म्युजिक अवार्डका अध्यक्ष पदम रोकायाले जानकारी दिएका छन् ।
भदौ दास्रो साता नोमिनेसन हुनेछ एसएमएस भोटिङ निर्यायक मण्डल र आयोजकले गरेको निर्णयका आधारमा अवार्ड वितरण हुनेछ ।







प्रतिक्रिया लेख्नुहोस्