भक्तपुर सूर्यविनायकस्थित सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभामा सहकारीका सदस्यहरूको निस्शुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
सूर्यविनायकको क्लिनिक वानले यो सेवा दिएको हो । परीक्षणमा सहभागीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाएको खुसी व्यक्त गर्दै भविष्यमा शिविर आयोजना गर्न माग गरेका छन् । कमलबिनायकका ३० वर्षीय सुशिल सुलूले शिविरबाट लाभान्वित हुन पाउँदा हर्ष लागेको बताए ।
क्लिनिक वान सूर्यविनायक भक्तपुरका जनरल म्यानेजर सञ्जीव ग्वंगले विभिन्न संस्थाहरूसँग मिलेर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी गराए । उनले यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गर्दै जाने योजना रहेको सुनाए ।







प्रतिक्रिया लेख्नुहोस्