२०८३ असार २०, शनिबार

सेनाको बम डिस्पोजल टोली बास्कोटाको घरमा

नेपाली सेनाको बम डिस्पोजल टोली नेकपा (एमाले)का नेता गोकुल बास्कोटाको घरमा पुगेको छ । आइतबार बिहान भक्तपुरस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेपछि बम भएको आशंकमा सेनाको टोली पुगेको हो ।

शंकास्पद वस्तु भेटिएको सूचनापछि प्रहरीको टोली उनको घरमा पुगेको थियो । प्रहरीले प्रहरीले प्रेसर कुकर बमको आशंका गरिएकाले प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको हो । अबको केहीबेरमा सेनाले डिस्पोजलको काम थाल्ने छ ।

यसअघि ०७६ को फागुन २८ मा बास्कोटाको घरमा बम विष्फोट नै भएको थियो । त्यतिबेला बनिरहेको घरमा भएको बम विष्फोटबाट झ्यालका सिसा फुटेका थिए । बम विष्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ निकट तीन जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्