सुनचाँदीको मूल्य लगातार बढ्न थालेको छ ।
अस्ति शुक्रवार तोलामा एक हजार रुपैयाँले बढेको सुनको मूल्य आज फेरि पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्इ तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।






प्रतिक्रिया लेख्नुहोस्