२०८३ अशोज १२, सोमवार

बक्स अफिसमा प्रभाव जमाउदै पेन्सन पट्टा, कुन फिल्मले कति कमाए ?

गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज ११ गते आइतबारसम्मको चलचित्र गौथली, पेन्सन पट्टा, बेहुली, झिंगे दाउ-२, पार्वती र तिनीहरु इलेफेन्ट इन द फग, कार्की साइलाको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।

जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ९५ लाख ८४ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ४१ हजार ३७२ टिकट बिक्री गरेको छ ।

त्यसैगरी भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पेन्सन पट्टाले अहिलेसम्म ७ करोड १ लाख ४१ हजार कमाई गरेको छ भने यस चलचित्रका २ लाख ४४ हजार ८४२ टिकट विक्री भएका छन् । त्यस्तै, भदौं २६ गतेदेखि नै प्रदर्शनमा आएको चलचित्र बेहुलीले २ करोड ९६ लाख ३६ हजार कमाई गरेको छ भने यस चलचित्रका एक लाख ५ हजार ३३८ टिकट विक्री भएको छ ।

त्यस्तै, असोज २ गते देखि प्रदर्शनमा आएको झिंगेदाउ- २ ले एक करोड ३४ लाख ८४ हजार कमाई गरेको छ । यस फिल्मले ४३ हजार ७८६ टिकट विक्री गरेको छ । भदौ १२ गतेदेखि प्रदर्शनमा आएको पार्वतीले बक्स अफिसमा अहिलेसम्म २ करोड २८ लाख ५५  हजार कमाई गरेको छ भने अहिलेसम्म ८१ हजार ३९७ टिकट विक्री भएका छन् ।

त्यस्तै अन्तर्राष्ट्रियरुपमा चर्चामा आएको तिनीहरु इलेफेन्ट इन द फगले अहिलेसम्म एक करोड २५  लाख कमाइ गरेको छ । यस चलचित्रले ३५ हजार ३३७ टिकट बिक्री गरेको छ । यो फिल्मलाई नेपालबाट आउदो ओस्कारका लागि समेत सिफारिस गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्