२०८३ अशोज १२, सोमवार

सुरक्षाको माग गर्दै चोलेन्द्रले दिए प्रहरीमा निवेदन

पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो र परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन माग गर्दै प्रहरीमा निवेदन दिएका छन् ।

उनका छोरा सचिन्द्र शमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा निवेदन दिइएको हो।

निवेदनमा देशको पछिल्लो अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासँग सम्बन्धित विषयका कारण आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको निवेदनमा उल्लेख गरेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौरले जबराले निवेदन दिएको पुष्टि गरे ।

प्रतिक्रिया लेख्नुहोस्