निर्वाचन आयोगले आम निर्वाचन २०७९ को नतिजा औपचारिक रुपमा सार्वजनिक गरेसँगै नयाँ सरकार गठनका लागि ‘काउन्ट डाउन’ सुरु भएको छ । आयोगले मंसिर २८ गते निर्वाचनको अन्तिम परिणाम औपचारिक रुपमा घोषणा गरेको हो ।
संविधानको धारा ७६ मा मन्त्रिपरिषद गठन सम्बन्धी व्यवस्था छ । सो धाराको उपधारा ८ मा भनिएको छ, ‘यस संविधान बमोजिम भएको प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्री पद रिक्त भएको मितिले पैँतीस दिनभित्र यस धारा बमोजिम प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने छ ।’
उक्त संवैधानिक प्रावधान अनुसार मंसिर २८ को मितिले ३५ दिनभित्र अर्थात् माघ ४ सम्ममा नयाँ सरकार गठन भइसक्नेछ ।







प्रतिक्रिया लेख्नुहोस्