२०८३ बैशाख १०, बिहिबार

सुनको मूल्य स्थिर रहदा घट्यो चाँदी, कति पुग्यो?

नेपाली बजारमा आज आइतबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमै कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ। चाँदी आज प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार हुँदैछ।शुक्रबार प्रतितोला १ हजार ९ सय १५ रूपैयाँ किनबेच भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो।

प्रतिक्रिया लेख्नुहोस्