२०८३ बैशाख १५, मङ्लबार

चिलिमे हाइड्रोपावर कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति?

चिलिमे हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ४ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर लाभांश स्वरुप दिने भएको हो।

कम्पनीले साधारणसभा पुस ३० गतेका लागि बोलाएको छ भने पुस १६ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश लिन योग्य हुनेछन् ।

हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्