चिलिमे हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ४ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर लाभांश स्वरुप दिने भएको हो।
कम्पनीले साधारणसभा पुस ३० गतेका लागि बोलाएको छ भने पुस १६ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश लिन योग्य हुनेछन् ।
हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९४ रुपैयाँ रहेको छ ।






प्रतिक्रिया लेख्नुहोस्