आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इण्डिज विरूद्धको खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ।
मुम्बईको वानखेडेमा नेपालले ११ औं ओभरको चौथो बलमा लोकेश बमलाई गुमाएको हो। लोकेशलालई समर जोशेफले आउट गरेका हुन्।
आउट हुनुअघि लोकेशले १५ बल खेलेर २ चौका हान्दै १३ रन बनाएका थिए।
उनको विकेटपछि गुल्सन झा ब्याटिङमा आएका छन्।
नेपालले सातौं ओभरको तेस्रो ओभरमा आरिफ शेखको विकेट गुमाएको थियो। आरिफलाई जेसन होल्डरले म्याथ्यू फोर्डबाट क्याच आउट गराए। आरिफले २ रनमात्रै बनाए।







प्रतिक्रिया लेख्नुहोस्