२०८३ असार ३१, बुधबार

दुई साताका लागि स्थगित प्रतिनिधिसभा, साउन १४ गते मात्रै अर्को बैठक

प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते बिहान ११ बजे बस्ने जानकारी दिएका हुन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको अन्त्यमा सभामुख अर्यालले कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार बैठक स्थगित गरिएको जानकारी गराए।

यसअघि बुधबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्याल र प्रतिपक्षी दलका प्रमुख सचेतकबीच भएको छलफलपछि प्रतिनिधिसभाको बैठक दुई सातासम्म नराख्ने सहमति भएको थियो।

सोही सहमतिअनुसार प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गतेका लागि तय गरिएको हो।

संसद् स्थगित भएसँगै चालु अधिवेशनका क्रममा उठाइएका विभिन्न राजनीतिक तथा समसामयिक विषयमा हुने छलफल अब दुई सातापछि मात्रै पुनः अघि बढ्ने भएको छ।

प्रतिक्रिया लेख्नुहोस्