२०८३ भदौ ९, मङ्लबार

अटोमोबाइललाई विलासिताको चस्माले नहेरौँ, अर्थतन्त्रको इन्जिन ठानौँः नाडा अध्यक्ष उप्रेती

नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडा का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रलाई विलासिताका रूपमा नभई अर्थतन्त्र र नागरिकको आवश्यकतासँग जोडेर हेर्न सरकारलाई आग्रह गरेका छन्।

नाडा अटो शो २०२६ को उद्घाटन समारोहमा उनले अटोमोबाइल क्षेत्रबाट करिब १० लाखले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको र अर्थतन्त्रमा करिब ९० अर्ब रुपैयाँ बराबरको योगदान रहेको बताए।

उप्रेतीले कर तथा नीतिगत स्थिरता कायम गर्दै स्वदेशमै सवारीसाधन उत्पादन र एसेम्बलिङलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। उनले अटो शो जस्ता ठूला प्रदर्शनीका लागि आधुनिक र पर्याप्त क्षमताको प्रदर्शनीस्थल निर्माण गर्न पनि सरकारसँग आग्रह गरे।

‘हामी सरकारका प्रतिस्पर्धी होइनौँ, सहयात्री हौँ,’ उनले भने।

प्रतिक्रिया लेख्नुहोस्