२०८३ भदौ ११, बिहिबार

भोटेकोशी–त्रिशूली बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको आज दिउँसो साढे १ बजेसम्मको विवरणअनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ५० जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्