२०८३ भदौ ११, बिहिबार

भोटेकोशी–त्रिशूली बाढीमा मृतकको संख्या २८९ पुग्यो

बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएकामध्ये हालसम्म २८९ जनाको शव-फेला परेको छ।

दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५ र पश्चिम नवलपरासीमा १४ जनाको शव-फेला परेको हो।

बाढीका कारण सबैभन्दा बढी मानवीय क्षति चितवनमा भएको छ। त्यहाँ मात्रै १२१ जनाको शव फेला परेको तथ्यांकले देखाएको छ।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी आसपासका क्षेत्र तथा बाढी प्रभावित स्थानमा खोजी कार्यलाई निरन्तरता दिएका छन्।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतको कामसमेत जारी रहेको छ। बेपत्ताको संख्या र मृतकको विवरण थप खोजी तथा पहिचानपछि परिवर्तन हुन सक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्