२०८३ भदौ ११, बिहिबार

भोटेकोशी बाढीपीडितका लागि भारतले पठायो दोस्रो चरणको राहत सामग्री

भारत सरकारले भोटेकोशी बाढीपीडितका लागि ३७.५  टन मानवीय सहायता तथा विपद् राहत सामग्री नेपाल पठाएको छ।

भारतका विदेशमन्त्री एस। जयशंकरका अनुसार औषधिसहितको राहत सामग्री बोकेको भारतीय विमान नेपालका लागि उडेको हो। यसअघि बुधबार भारतले १० टन राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

जयशंकरले नेपाली अधिकारीहरूसँग निरन्तर समन्वय भइरहेको जनाउँदै संकटको यस घडीमा नेपालमा जारी उद्धार तथा राहत कार्यमा भारतले सहयोग निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्