२०८३ भदौ १२, शुक्रबार

भोटेकोशीको बाढीमा मृत्यु हुनेको संख्या ४७५ पुग्यो

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परेर मृत्यु हुनेको संख्या ४७५ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहानसम्म विभिन्न जिल्लाबाट ४७५ जनाको शव-फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा २७, चितवनमा १७९, गोरखामा ४४, तनहुँमा २८ र नवलपरासी पूर्वमा ११० जनाको शव भेटिएको छ।

बाढीपछि अझै केही व्यक्ति सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ।

सम्पर्कविहीनहरूको खोजी तथा फेला परेका शवको पहिचान र व्यवस्थापनको काम पनि भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्