अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्।
अमेरिकी समाचार संस्था एनबीसी न्युजका अनुसार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
ट्रम्पले भोटेकोशी बाढीबाट भएको क्षतिबारे नेपाली अधिकारीहरूबाट जानकारी लिएपछि नेपाललाई आवश्यक पर्ने सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्।
‘नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,’ ट्रम्पलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएको छ।
भोटेकोशी बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा अहिले उद्धार, राहत तथा बेपत्ता नागरिकको खोजी कार्य जारी छ।







प्रतिक्रिया लेख्नुहोस्