२०८३ भदौ १५, सोमवार

सुनको मूल्य तोलामा ९ हजार ५ सयले घट्यो, चाँदी पनि सस्तियो

नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ।

यसअघि भदौ १२ गते छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। दुई दिनमै सुनको मूल्य ९ हजार ५ सय रुपैयाँले घटेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र डलरको विनिमय दरको प्रभावले नेपाली बजारमा सुनचाँदीको मूल्य दैनिक परिवर्तन हुने गरेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्