२०८३ अशोज १९, सोमवार

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ४ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९१ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ४४३० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४३९० मा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्