२०८३ अशोज २१, बुधबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ८ सयले बढेर २ लाख ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर ४४२५ मा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार चाँदी तोलाको ४४१५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्