नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सामाजिक सञ्जालमार्फत एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो ।
एनपीएलमा पहिलोपटक डीआरसको प्रयोग हुँदै छ । डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो । यसले अम्पायरको निर्णय चित्त नबुझेमा रिभ्यूको अवसर प्रदान गर्छ ।
क्यानका अनुसार, एनपीएलमा एलबीडब्लूको रिभ्यूका लागि फूल थ्रीडी बल ट्रयाकिङको प्रयोग हुनेछ । त्यस्तै रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यू हुनेछ ।
यस्तै, एआई माध्यमबाट ब्याटमा लागेको एज डिटेक्सन पनि हुनेछ भने हाइटको वाइड, छक्काको लम्बाई र उचाइ मापनसहित अन्य बलिङ एनालिटिक्स पनि उपलब्ध हुनेछ ।







प्रतिक्रिया लेख्नुहोस्