२०८३ कार्तिक १०, सोमवार

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा मृतकको संख्या ६ पुग्यो

गुल्मीमा स्कार्पियो दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो कालीगण्डकी गाउँपालिका–२ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कार्पियो दुर्घटना भएको हो।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी जगदीश भट्टराईले दिएका छन्।

यसअघि दुर्घटनामा चार जना गम्भीर घाइते भएको र उनीहरूलाई उपचारका लागि स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको थियो।

दुर्घटनाको विस्तृत विवरण तथा मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी छ।

प्रतिक्रिया लेख्नुहोस्