२०८३ कार्तिक १८, मङ्लबार

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एकजनाको मृत्यु

सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएका हुन् ।

फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले फेरिचे हेलिप्याडमा अवतरणको क्रममा दुई हेलिकोप्टरको पङ्खा ठोक्किएको जानकारी आएको र त्यसबारे थप बुझ्ने प्रयास भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्