भारतीय उद्योगपति मुकेश अम्बानीको सम्पत्ति एकै दिन ८ अर्ब ५० करोड अमेरिकी डलरले बढेको छ। उनको कम्पनी रिलायन्स इन्डस्ट्रिजको सेयर मूल्यमा ६ वर्षयताकै उच्च दैनिक वृद्धि भएपछि अम्बानीको कुल सम्पत्तिमा उल्लेख्य उछाल आएको हो।
फोर्ब्सको ‘रियल–टाइम बिलियनेयर्स’ सूचीअनुसार अम्बानीको सम्पत्ति १०.६ प्रतिशतले बढेर ८८ अर्ब ८० करोड अमेरिकी डलर पुगेको छ। यससँगै उनी विश्वका धनाढ्य व्यक्तिहरूको सूचीमा २३औँ स्थानमा उक्लिएका छन्।
कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अपेक्षाभन्दा उत्कृष्ट आएपछि रिलायन्सको सेयरमा ठूलो वृद्धि देखिएको हो। सोमबार बम्बई स्टक एक्सचेन्ज (बीएसई) मा कम्पनीको सेयर मूल्य ११.६४ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार २९९ भारतीय रुपैयाँ पुगेको थियो। यो पछिल्लो ६ वर्षभन्दा लामो अवधिकै सबैभन्दा बलियो दैनिक कारोबार वृद्धि हो।
सेयर बजारमा आएको यो उछालसँगै रिलायन्स इन्डस्ट्रिज सोमबार भारतीय सेयर बजारको प्रमुख सूचक निफ्टी ५० लाई माथि लैजाने सबैभन्दा ठूलो योगदानकर्ता कम्पनी बनेको थियो।







प्रतिक्रिया लेख्नुहोस्