सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा व्यवसाय विस्तारमा उल्लेख्य प्रगति गरेको छ। कम्पनीको जीवन बीमा कोष, खुद बीमाशुल्क आर्जन, कुल आम्दानी तथा लगानीबाट प्राप्त आम्दानीमा वृद्धि भएको छ।
कम्पनीको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढेर ५४ अर्ब २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बीमाशुल्क आर्जन २१.२८ प्रतिशतले वृद्धि भई ३ अर्ब ५४ करोड ८ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा कम्पनीको कुल आम्दानी १७.५५ प्रतिशतले बढेर ४ अर्ब ६४ करोड ९२ लाख रुपैयाँ पुगेको छ। लगानी तथा कर्जाबाट प्राप्त आम्दानी पनि ५.८३ प्रतिशतले वृद्धि भई ९४ करोड ३६ लाख रुपैयाँ कायम भएको छ।
त्यसैगरी, विपत्ति कोष २.०९ प्रतिशत र जगेडा तथा सञ्चित आम्दानी ११.७८ प्रतिशतले बढेको छ। कम्पनीको कुल दाबी भुक्तानी २०.९३ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड ७ लाख रुपैयाँ पुगेको छ। यसले कम्पनीको बीमा व्यवसायको आकार विस्तार भएको देखाउँछ।
यद्यपि, कम्पनीको कुल खर्च १९.१८ प्रतिशतले बढेर ४ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ पुगेको छ। फलस्वरूप खुद नाफा १५.९५ प्रतिशतले घटेर १० करोड २९ लाख रुपैयाँ कायम भएको छ। प्रतिसेयर आम्दानी पनि ९.७८ रुपैयाँबाट घटेर ८.२२ रुपैयाँमा झरेको छ।







प्रतिक्रिया लेख्नुहोस्