२०८३ मंसिर ३, बुधबार

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंक लिमिटेडका संस्थापक सेयरधनी किशोर राज पाण्डेले आफ्नो नाममा रहेको ६० हजार ७०९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।

सेयर बिक्रीका लागि आवश्यक स्वीकृति माग्दै पाण्डेले बैंकको सञ्चालक समितिसमक्ष निवेदन दिएका छन् । विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै सेयर खरिदका लागि यसअघि सूचना प्रकाशित गरिए पनि कुनै निवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाले समेत खरिद गर्न पाउने गरी १५ दिने सूचना जारी गरेको हो ।

नेपाल राष्ट्र बैंकले तोकेको संस्थापक सेयर खरिदसम्बन्धी योग्यता पूरा गरेका इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौँमा निवेदन पेस गर्न सक्नेछन् ।

प्रतिक्रिया लेख्नुहोस्