२०८३ मंसिर २, मङ्लबार

माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच सम्झौता

नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ट्यापट्याप सेन्ड (TapTap Send)बीच विप्रेषण सेवा सञ्चालन गर्न सम्झौताभएसँगै विप्रेषण कारोबार औपचारिक रूपमा शुरू भएको छ ।

सम्झौतासँगै विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले TapTap Send को मोबाइल एप प्रयोग गरी सहज रूपमा नेपालमा रकम पठाउन सक्नेछन् ।

यसरी प्रेषित गरिएको रकम माछापुच्छ्रे बैंककोे आफ्नै विप्रेषण सेवा MBL Remit मार्फत नगद भुक्तानीका साथै माछापुच्छ्रे बैंकलगायत नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत जम्मा गर्न सकिनेछ । नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत सेवाग्राहीले सहज रूपमा नगद भुक्तानी पनि प्राप्त गर्न सकिनेछ ।

विप्रेषणले नेपाली घरपरिवारको आर्थिक अवस्था सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । यसबाट प्राप्त आम्दानीले परिवारको दैनिक खर्च व्यवस्थापन, शिक्षा, स्वास्थ्योपचार, आवास तथा जीवनस्तर उकास्न सहयोग र्पुयाएको छ । साथै, बचत तथा लगानीको क्षमता अभिवृद्धि गर्दै आर्थिक सुरक्षा र आत्मनिर्भरता प्रवद्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

यससँगै, माछापुच्छ्रे बैंक सुरक्षित, विश्वसनीय र सहज विप्रेषण सेवा प्रदान गर्न प्रतिवद्ध रहँदै प्रचलित कानुनी तथा नियामकीय व्यवस्था, नेपाल राष्ट्र बैंकका निर्देशन, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको पूर्ण पालना गर्दै पारदर्शी, उत्तरदायी र अनुपालनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको छ ।

यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्न र सेवाग्राहीलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

माछापुच्छ्रे बैंकले आफ्ना १५६ वटा शाखा, ८८ शाखारहित बैकिङ सेवा र ११ एक्स्टेन्स काउण्टरसमेत गरी जम्मा २५५ स्थानमा रहेका सेवा सञ्जाल तथा १९४ वटा एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहक महानुभावहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्