२०८३ बैशाख १६, बुधबार

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

आज नेपाली स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला सुनको मूल्य घटेको जानकारी दिएको हो ।

हिजो मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।आज ५ सय ले घटेसँगै छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ३ सय र तेजाबी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस्