२०८३ बैशाख १६, बुधबार

नेपाली बजारमा सुनको मूल्य घट्यो

नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ सय रुपैयाँ घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेको चाँदी आज तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्