बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । बजार मापक परिसूचक नेप्से १.८२ अंकले बढेर २७३४.९३ अंक पुगेको छ ।
यस्तै सेन्सेटिभ सूचकमा भने गिरावट आएको छ । सेन्सेटिभ सूचक ०.२८ अंकले घटेर ५१५.२० अंकमा झरेको छ । बुधबार २२७ कम्पनीका ७४,४५,२२७ कित्ता शेयर किनबेच हुँदा ४,२१,७४,१५,३३७ रुपैयाँको कारोबार भएको छ ।
बुधबार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहमा गिरावट आएको छ भने १० उपसमूहमा सामान्य वृद्धि भएको छ ।बैंकिङ, ट्रेडिङ र लाइफ इन्स्योरेन्स समूहले गुमाएका छन् ।






प्रतिक्रिया लेख्नुहोस्