२०८३ बैशाख १६, बुधबार

आरएमडिसी लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने

आरएमडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले नाफापछिको चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि अघिल्लो आर्थिक वर्षमा कम्पनीले २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

लघुवित्तले यसपटक २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद सहित कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांशअनुसार लघुवित्तले २० करोड ६८ लाख ४४ हजार ३८७ रुपैयाँ बराबरको बोनस शेयर र ५ करोड १७ लाख ११ हजार ९७ रुपैयाँ बराबरको नगद गरी कुल २५ करोड ८५ लाख ५५ हजार ४८५ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् लगानीकर्तालाई वितरण हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस्