नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैंयाले घटेको हो ।
हिजो प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मूल्य आज तोलामा २०० रुपैंयाले घटेर प्रतितोलाको मूल्य ९१ हजार ८०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैंया कायम भएको हो ।
चाँदीको मूल्य पनि आज तोलामा १० रुपैंयाले घटेको छ । हिजो १२ सय रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १ हजार १९० रुपैंया कायम भएको महासंघले जानकारी दिएको छ ।






प्रतिक्रिया लेख्नुहोस्