२०८३ बैशाख १६, बुधबार

सुनको मूल्य बढ्यो, पढ्नुहोस् तोलाको कति ?

आज बुधबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।

मूल्य बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ पुगेको छ । यस्तै, छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । हिजो मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय र तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ थियो ।

सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि उकालो लागेको छ । तोलामा १० रुपैयाँले बढेसँगै चाँदीको प्रतितोला मूल्य आज १२ सय रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्